काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको जानकारी दिएको छ । आजको मूल्य तोक्दै महासंघले हिजोको तुलनामा भाउ घटेको जानकारी दिएको हो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार १ सय र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६ सय रुपैयाँ छ । हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५ सय रुपैयाँ थियो ।
पछिल्लो समय सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ । विषेशगरी, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दाको प्रभाव नेपाली बजारमा समेत देखिएको महासंघमा आबद्ध व्यवसायीहरूले बताएका छन् । यसैगरी, आज चाँदीको मूल्य तोलामा ११ सय रुपैयाँ छ ।
हिजो बुधवार चाँदीको मूल्य तोलामा ११ सय ३० रुपैयाँ रहेको थियो । आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया