झापा क्षेत्र नं १ बाट विश्वप्रकाश शर्माको नाम एकल सिफारिस

लोकपथ
91
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट संघीय निर्वाचन लड्ने भएका छन् । सो अनुसार नेता शर्माको नाम प्रतिनिधि सभातर्फ सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएको छ ।

आज चुनाव लड्नका लागि इच्छुकहरुमध्येबाट आवेदनमा शर्माको एकल दाबी परेको थियो ।

शर्मालाई आज बसेको क्षेत्रीय कार्यसमिति बैठकले झापा १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवारका लागि सिफारिस गरेको हो ।

२०७० र २०७४ समेत सो क्षेत्रबाट शर्मा उम्मेदवार बनेका थिए । तर दुवै निर्वाचनमा पराजित भएका थिए । शर्मालाई अन्य क्षेत्रबाट समेत उम्मेदवार बनाउने प्रस्ताव भएको थियो । तर शर्माले आफ्नो गृह क्षेत्रबाट निर्वाचन लड्ने भन्दै अन्य विकल्पहरु टुंग्याएका थिए । दुई पटकसम्म सो क्षेत्रबाट ट्रायल फेल भएको बताउँदै आगामी निर्वाचनमा भने आफू सो क्षेत्रबाट निर्वाचित हुने उनको दाबी रहेको छ ।

यता नेकपा एमालेबाट सो क्षेत्रमा रवीन कोइराला दाबेदार छन्। कोइरालाले २०७० को चुनावमा शर्मालाई हराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?