काठमाडौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान जारी छ । सिंहदरवारमा महाअभियोग सिफारिस समिति बैठकमा उनको बयान सुरु भएको हो । बुधवारबाट सुरु गरिएको उनको बयान बिहीवार पनि जारी रहेको हो । समितिले तयार पारेको ४३ वटा प्रश्नमध्ये बुधवार २ वटा प्रश्न सोधिएको थियो ।
गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाअभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले उनको बयान लिन थालेको हो ।
बुधवारको बयानमा उनले महाअभियोग प्रस्ताव नै निस्क्रिय भइसकेको र न्यायाधीश, बार पदाधिकारी र राजनीतिक दलका नेतामाथि गम्भीर आरोप लगाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया