नेपाल सुगौली सन्धी पछिको संकटमा, सबै मिलेर मात्र पार लगाउन सकिन्छ : देव गुरुङ

लोकपथ
49
Shares
फाइल तस्बिर

लमजुङ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका महासचिव देब प्रसाद गुरुङले मुलुक ईष्ट ईण्डिया कम्पनी र नेपाल बिचको युद्ध पछिकै ठुलो संकटमा रहेको बताएका छन् ।

लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकामा रहेको जनचेतना पुस्तकालयको स्वर्ण महोत्सव उद्घाटन गर्दे उनले सुगौली सन्धी पछिको महासंकटमा नेपाल रहेकाले सबै मिले मात्र समाधान गर्न सकिने बताएका हुन् । नेपाललाई युद्धको बेसएरिया बनाएर विदेशीले युद्धको बंकर रुपमा लैजान खोजेकोले यो अबस्थामा सबै राजनितिक दलहरु बिच एकता, मैत्रिपुर्ण संबन्ध आबस्यक रहेको उनले उल्लेख गरे ।

सविधान जारी भएपछि मुलुक आन्तरीक रुपमा शान्ती र बिकासमा लम्केको भन्दै विदेशीले नेपालमा शान्ती र दिगो बिकास नचाहेकाले शक्ति केन्द्रहरु सलबलाएको उनको भनाई छ । राष्ट्र र राष्ट्रियता रहे मात्र राजनिति गर्ने अवस्था आउने भन्दै पहिला राष्ट्र जोगाउन सबै राष्ट्रबादी शत्तिहरु एकजुट हुने आबस्यक रहेको उहाँको भनाई थियो । अहिलेको अवस्थामा सर्बदलीय सरकार र्निमाण गरेर भएपनि समाधान खोजिन पर्नेमा उनले जोड दिए ।

लमजुङका जनताले आफलाई राष्ट्रहितका लागि र बिकासका लागि मत दिएको भन्दै उनले आफु बाचुन्जेल राष्ट्रहित विपरीतका कुनैपनि काम नगर्ने र हुन नदिन सबै तरहले लाग्ने स्पष्ट पारे ।

आगामी निर्वाचनमा मुख्यतः राष्ट्रिय स्वाधिनताका लागि लड्ने पात्रहरु सदनमा पुगुन भन्ने आफुले चाहेको उनले सो अबसरमा गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?