महाअभियोग सिफारिस समितिलाई बयान दिन आज पनि पुगे चोलेन्द्र

लोकपथ
0
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका विषयमा बयान दिन आज पनि समितिकाे कार्यकक्षमा आइपुगेका छन् ।

बुधवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठक कक्षमा राणामाथि बयान लिइएको थियो । संसदको महाअभियोग सिफारिस समितिले राणासँग बयान लिएको हो । उनले महाअभियोग सिफारिस समितिलाई बयान दिएका थिए ।

आज दोस्रो दिन पनि बयानका लागि महाअभियोग सिफारिस समितिमा जबरा पुगेका छन् । हिजो उनले बयानका क्रममा संसदमा आफूविरुद्ध दर्ता भएको महाअभियोग निस्क्रिय भइसकेको, बयानमा बोलाउँदा संविधान र संसदको निमावली पालना नगरेको, न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन महाअभियोग प्रस्ताव ल्याएको बताए थिए ।

आज पनि आफूमाथि लागेका आरोपबारे राणाले बैठकमा खण्डन गर्नेछन् । राणाले बुधवारको बैठकमा भने आफूमाथि महाभियोग लाग्नुपर्नाका कारणलगायत प्रश्न पनि सोधेका थिए । प्रतिनिधि सभाले साउन १५ मा राणाविरुद्धको महाअभियोगको प्रस्ताव समितिमा पठाउने निर्णय गरेको थियो ।

सत्तारुढ दलले २१ आरोपसहित राणाविरुद्ध गएको फागुनमा महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए । राणाले मन्त्रिपरिषद र संवैधानिक नियुक्तिमा भागबण्डा खोजेको, कार्यकारीसँग सौदाबाजी गरेको, आर्थिक राजनीतिक मुद्दामा बेञ्च सेटिंग गरेको, भ्रष्टाचार गरेको जस्ता आरोप छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?