सरकारले ‘स्टडी इन नेपाल’अभियान चलाउने

लोकपथ
117
Shares

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘स्टडी इन नेपाल’ अभियानको थालनी गर्ने भएको छ । बुधबार विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाका सञ्चालक एवम् आइप्यानका पदाधिकारीहरूसँगको छलफलमा ‘स्टडी इन नेपाल’ अभियानको थालनी गर्ने निर्णय गरेको हो ।

आज भएको छलफलमा विदेशस्थित नियोगहरुलाई सहजीकरणका लागि आवश्यक निर्देशन दिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।

‘भिषालगायत अन्तर्राष्ट्रिय विद्यार्थीहरूको नेपाल बसाईँमा सहजता प्रदान गर्ने र भइपरी आउँदा द्रुत सेवा दिन सक्ने गरी नयाँ योजना बनाएका छौं,’ मन्त्री पौडेलले भने, ‘यसले विदेशी विद्यार्थी नेपाल आएर पढ्ने वातावरण बन्छ ।’

छलफलमा मन्त्री पौडेलले नयाँ विषयको आवश्यकता फरक जनशक्ति उत्पादनमा शैक्षिक संस्थाले ध्यान दिनुपर्ने बताए । छलफलमा सहभागीले नविकरण, कार्यक्रम थप र विश्वविद्यालयको सम्बन्धन परिर्वतन, कार्यक्रमको नाम संस्थाको नाम, स्थान परिर्वतन, समकक्षता सम्बन्धन, विदेशी मुद्रा सटही लगायतका विषयमा समस्या रहेको बताएका थिए ।

पुस्तकप्रति नयाँ पुस्तामा रूची देखिएन : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तकप्रति नयाँ पुस्तामा रूची नदेखिएको बताएका छन् । पन्ध्रौ पुस्तकालय दिवसको अवसरमा बोल्दै मन्त्री पौडेलले नयाँ पुस्तामा पुस्तक पढ्ने रुची हराउँदै गएको बताएका हुन् ।

‘अहिलेको पुस्तामा पुस्तक पढ्ने रूची हराउँदै गएको छ,’ शिक्षामन्त्री पौडेलले भने, ‘पुस्तक पढ्ने रूची हराउँदै जाँदा अध्ययन अनुसन्धान क्षेत्रमा कमजोर हुने अवस्था आयो ।’

पुस्तक एवम् पत्रपत्रिका पढ्ने बानी हराउँदै गएको बताउँदै मोबाइलमा आउने शीर्षक हेरेर धारणा बनाइ हिड्ने चलन शुरु भएको उनको भनाइ छ ।

‘लेखकले लेखेको कविता, उपन्यास र कथा पढ्ने तिर पछिल्लो पुस्तामा हराउँदै गयो,’ उनले भने,’ ‘त्यसले सामाजिक समवेदना र जिम्मेवारीबोध, संस्कार र संस्कृति हराउँदै गयो ।’

उनले आधुनिकिकरणको नाममा संस्कार र संस्कृति भुल्ने पुस्तकहरु पढ्ने, धारणा बनाउने जस्ता क्रियाकलापहरु कमजोर हुँदै गएको बताए ।

यस वर्ष ‘पढौं, पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऊँ’ भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १५औं पुस्तकालय दिवस मनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?