बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले मेरो स्टोरमा छुट पाउने

लोकपथ
78
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र मेरो स्टोरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा छुट पाउने भएका छन् । सम्झौता अनुसार बैंकका ग्राहकहरुले एकमुष्ठ भुक्तानीमा १० प्रतिशत छुट पाउने बताइएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले मेरो स्टोरको बुटवलको रुपन्देहीमा उपलब्ध हुने सेवाहरुमा छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

मेरो स्टोर बुटवलले रुपन्देहीबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?