काठमाडौं । नेकपा एमालेले काठमाडौंको १० वटै प्रतिनिधि निर्वाच क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ ।
केन्द्रीय कमिटीको भदौ ११ गते भएकाे चौथो बैठकले उम्मेदवार छनौटको प्रक्रिया र मापदण्ड निर्धारण गर्नुका साथै उम्मेदवारको नाम पठाउन मिति तोकेको थियाे । यसै अनुसार भदौ २२ गतेसम्म उम्मेदवारको नाम सिफारिस गरि केन्द्रमा पठाउन मातहतका कमिटीलाई केन्द्रीय कमिटीले निर्देशनसमेत दिएकाे थियाे ।
काठमाडौं क्षेत्र नम्बर १ बाट विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराईको नाम सिफारिस भएकाे छ भने क्षेत्र नम्बर २ बाट मणिराम फुयाँल, ३ बाट कृष्ण राईको नाम सिफारिस भएको छ । उनी यसअघिका निर्वाचित प्रतिनिधिसमेत हुन् ।
त्यस्तै काठमाडौं ४ बाट राजन भट्टराई र निर्मल कुँइकेल, ५ बाट ईश्वर पोखरेलकाे नाम सिफारिस हुँदा ६ बाट कल्पना रिजाल, योगेन्द्र संग्रौला, लेखनाथ फुँयाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिनाको नाम सिफारिस भएको छ ।
काठमाडौं–७ बाट बिपी ढकाल, इन्दिरा पन्त, श्याम घिमिरे, विद्यासुन्दर शाक्य र रघुजी पन्तको नाम सिफारिस भएको छ । यसअघि यसक्षेत्रबाट जितेका रामबिर मानन्धर भने सिफारिसमा परेनन् ।
क्षेत्र नं ८ बाट राजेश शाक्यको नाम सिफारिस भएको छ । २०७४ काे निर्वाचनमा क्षेत्र नं ८ बाट जिवनराम श्रेष्ठ निर्वाचित भएका थिए । तर, यसपटक उनकाे नामनै सिफारिसमा परेकाे छैन ।
क्षेत्र नम्बर ९ बाट कृष्णगोपाल श्रेष्ठ, अजयक्रान्ति शाक्य र विद्यासुन्दर शाक्यको नाम सिफारिस भएको छ । यहाँबाट २०७४मा कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका थिए ।
क्षेत्र नं ७ र ९ गरि दुई ठाउँबाटै काठमाडाैंका पूर्वमेयर विद्यासुन्दर शाक्यकाे नाम सिफारिस गर्नुले उनीप्रती पार्टीले सदासयता देखाएकाे बुझिन्छ ।
१० बाट भने विनोद श्रेष्ठ, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन र शरब महर्जनको नाम सिफारिस भएकाे छ ।
प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको नाम सिफारिस तल्लाे कमिटीबाट हुने भएता पनि अन्तिम टुङ्गो भने केन्द्रबाट लगाइने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया