बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी श्रेष्ठ पक्राउ

लोकपथ
182
Shares

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ध्रुवेन्द्रबहादुर श्रेष्ठलाई आज (बुधबार) प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको गत असार २४ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ६ दिन कैद र १८ लाख १४ हजार पाँच सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनसुन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले बबरमहलबाट पक्राउ गरेको हो ।

श्रेष्ठले एभरेष्ट बैंक लिमिटेड कलंकी शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई काठमाडौं जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?