कैलाली–४ बाट नैनसिंह महर सिफारिस

लोकपथ
371
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरलाई कैलाली क्षेत्र नम्बर ४ बाट सिफारिस गरिएको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनतर्फ नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिले महरको नाम सिफारिस गरेको हो ।

५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय समिति क्षेत्र नम्बर ४ को आज बसेको बैठकले महरसहित सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा.लक्ष्मीराज पाठकलाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ का लागि सिफारिस गरेको हो ।

सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी नगरपालिका क्षेत्र नम्बर ४ अन्तर्गत पर्छ । पूर्वमाओवादीका सुदूरपश्चिम इन्चार्ज तथा हाल नेकपा एमाले केन्द्रीय कमिटी सचिव लेखराज भट्टले यसै क्षेत्रबाट २०६४, २०७४ मा प्रत्यक्षतर्फ चुनाव जितेका थिए । २०७० सालमा कांग्रेस नेता दीर्घराज भाट विजय भएका थिए ।

नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका महर युवा माझ लोकप्रिय तथा प्रभावशाली मानिन्छन् । पूर्वमन्त्रीसमेत रहेका लेखराज भट्टलाई विजय गराउन सुदूरपश्चिमका १६ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये एमाले अध्यक्ष केपी शर्मा ओलीले यस क्षेत्रलाई आफ्नो प्रतिष्ठाको रूपमा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?