ट्राफिक नियम उल्लंघन गरि फरार ६३ जना चालक कारबाहीमा

लोकपथ
143
Shares

कठमाडौं । विभिन्न ट्राफिक नियम उल्लंघन गरी फरार भएका ६३ ओटा दुईपाङ्गे सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । सि.सि.टि.भिमा कैद भएको भिडियोका आधारमा उनीहरुलाई कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेहरुमा लेन उल्लंघन गर्ने ३१ जना, एकतर्फी सडकमा सो विपरित सवारी साधन चलाउने २३ जना र सवारी मोड्न निषेध गरेको स्थानमा सवारी साधन मोडेका ८ जना चालकलाई कारबाही गरिएको छ । यससँगै, यात्रु लिन नमानेको कसुरमा पनि एक जना चालक कारबाहीमा परेका छन् ।

भदौ १ गतेदेखि १४ गते सम्म काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका ४ सय २० जना चालकमध्ये ट्राफिक प्रहरीले खोजि गरि ल्याएका ९७ जना चालक मध्ये ६३ जनालाई कारबाही गरिएको हो । अन्य चालकहरु हालसम्म ट्राफिक प्रहरीको सम्पर्कमा नआएकाले खोजि भईरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

सवारी नियम उल्लंघन गर्ने चालकलाई ट्राफिक प्रहरीले विगतमा गरिरहेको सि.सि.टि.भि फुटेजको आधारमा खोजि गरि गर्ने कारवाहीलाई थप तिब्रता दिँदै अगाडी बढाईएको प्रवक्ता भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?