संसदको कार्यकाल सकिनै लाग्दा सुदूरपश्चिममा पहिलो दल बन्दै माओवादी

लोकपथ
49
Shares

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र पहिलो पटक ठूलो दल बन्ने भएको छ । हाल प्रदेश सभामा ठूलो दल रहेको नेकपा (एकीकृत समाजवादी) का दुई प्रदेश सभा सदस्य (तारा लामा तामाङ र कुलवीर चौधरी एमाले प्रवेश गरेसँगै उनीहरू निलम्बनमा पर्नेछन् ।

१४ प्रदेश सभा सदस्यसहित ठूलो पार्टी बनेको नेकपा एसका दुई सदस्य निलम्बनमा परेमा अब उसँग १२ प्रदेश सभा सदस्य मात्रै हुनेछन् । नेकपा एसका प्रदेश सभा सदस्यको संख्या १२ मात्रै रहेपछि १३ प्रदेश सभा सदस्य रहेको माओवादी प्रदेशको ठूलो दल बन्ने भएको छ ।

२०७४ मा सम्पन्न प्रदेश निर्वाचनमा १४ सांसद जितेको माओवादीबाट एकजना (झपट बोहरा) एमालेमा गएसँगै उसँग १३ जना मात्रै थिए । २०७४ को निर्वाचनपछि २४ प्रदेश सभा सदस्यसहित ठूलो दल बनेको एमाले विभाजित भएपछि १४ प्रदेश सभा सदस्यसहित नेकपा एस प्रदेश सभाको ठूलो दल बनेको थियो ।

तर, प्रदेश सभाको कार्यकाल सकिनै लाग्दा नेकपा एसका दुई प्रदेश सभा सदस्य तारालामा तामाङ र कुलवीर चौधरी एमालैमै फर्केका छन् । नेकपा एस दोस्रो ठूलो दल बन्ने छ । ११ प्रदेश सभा सदस्य रहेको नेपाली कांग्रेस तेस्रो र १० प्रदेश सभा सदस्य रहेको एमाले चौथो दल बनेका छन् । एक–एकजना प्रदेश सभा सदस्यको जसपा र लोसपा चौथो दल बन्ने छन् ।

५३ प्रदेश सदस्य रहेको प्रदेश सभामा थप दुईजना निलम्बन हुँदा ४७ सदस्य रहने छन् । ५३ मध्ये एकजना सभामुख र एकजना उपसभामुख रछन् । हाल नेपाली कांग्रेसबाट डडेल्धुराका कर्ण मल्ल, माओवादीबाट अछामका झपट बोहरा निलम्बनमा परेका छन् ।

नेकपा एसबाट एमालेमा गएका प्रदेश सभा सदस्य तारा लामा तामाङ र कुलवीर चौधरीलाई नेकपा एसको संसदीय दलले कारवाहीका लागि संसद सचिवालयमा पत्र पठाउनुपर्ने छ । संसदीय दलले कारबाहीका लागि पठाएको पत्रका आधारमा सभामुखले सूचना टाँसेर वा प्रदेश सभामा जानकारी गराएर संसद् नरहेको जानकारी गराउनुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?