कोरोना अपडेट : थप २ सय ७१ जनामा संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ९ सय २० जनामा गरिएको कुल परीक्षणमध्ये आरटी पिसिआर विधिबाट २ सय २४ र एन्टीजेन विधिबाट ४७ जना गरि २ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा नेपालमा कोरोनाबाट एक जनाको ज्यान गएको छ । यसका साथै देशभरमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या बाह्र हजार एक पुगेको छ ।

यस्तै, २४ घण्टाको तथ्यांकलाई हेर्दा १ सय ७५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै देशभरमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ९४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?