काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहेको काठमाडौं फन पार्कलाई तिर्न बाँकी रहेका सम्पूर्ण कर र राजश्व बुझाउन २४ घण्टे अल्टिमेटम दिएको छ ।
काठमाडौं महानगरले बुधवार पत्राचार गर्दै फन पार्कलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र तिर्न बाँकी रहेका व्यवसाय कर, बहाल कर, विज्ञापन कर, मनोरञ्जन कर जरिवानासहित बुझाउन चेतावनी दिएको हो ।
तोकिएको समयभित्र नबुझाएमा फनपार्कमा शिलबन्दी गरी राजश्व सरकारी बाँकी सरह असुल उपर गरिने महानगरले लेखेको पत्रमा उल्लेख गरिएको छ ।
फन पार्कले काठमाडौं महानगरपालिकालाई बुझाउन पर्ने (व्यवसाय कर, वहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर) नबुझाइ वषौंदेखि व्यवसाय सञ्चालन गरेकोमा यस अगाडी पटक पटक ताकेता गर्दासमेत उक्त कर प्राप्त नभएकोले पत्र लेख्ने बाध्य भएको पत्रमा उल्लेख छ ।’
फन पार्कले महानगरको पत्र अनुसारको व्यवसाय कर, वहाल कर, सम्बन्धीत वडा कार्यालयमा र विज्ञापन कर तथा मनोरञ्जन कर महानगरपालिकाको राजश्व विभाग बबरमहलमा गई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जारवानासमेत दाखिला गर्नहुन अनुरोध गरेको छ ।
तोकिएको समयभित्र कर नबुझाएमा फन पार्क शिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकी सरह असुल उपर गरिने व्यहोरा समेत महानगरले जनाएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया