शीतलनिवासमा राष्ट्रपति भण्डारी र माओवादीका शीर्ष नेताहरूबीच छलफल

लोकपथ
91
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेताहरूलाई माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरुलाई शीतल निवास बोलाएकी छन् । राष्ट्रपति भण्डारीले नेताहरुलाई परामर्शका लागि बोलाएपछि अध्यक्ष प्रचण्डसहितका शीर्ष नेता शीतलनिवास पुगेका हुन् ।

यसअघि नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरूसँग छलफल गरेकी राष्ट्रपतिले आज माओवादी केन्द्रका नेताहरूलाई बोलाएकी हुन् । अध्यक्षसहितका शीर्ष नेताहरु अहिले शीतलनिवास पुगेर राष्ट्रपतिबीच छलफल जारी छ ।

छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिवद्धय वर्षमान पुन र जनार्दन शर्मा राष्ट्रपतिसँगको परामर्शमा सहभागि छन् । राष्ट्रपति भण्डारीले केही समययता नागरिकता विधेयकबारे विभिन्न पार्टी र नागरिक अगुवाहरुसँग परामर्श गर्दै आएकी छन् ।

संघीय संसदले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता ऐनसम्बन्धी विधेयक राष्ट्रपतिले प्रतिनिधिसभामै फिर्ता पठाएपछि राष्ट्रपति र सरकारबीच दूरी बढेको छ । उनी आफूले फिर्ता पठाएको विधेयक हुबहु प्रतिनिधि सभाबाट पास गरिएकोमा असन्तुष्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?