एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सन्देशसहितको भिडियो 

लोकपथ
1.6k
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले ‘अठोटको अगाडी हर लक्ष्य सम्भव छ’ भन्ने सन्देशसहितको भिडियो सार्वजनिक गरेको छ । देशको दुरदराजमा रहेका ग्राहकहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको  बैंकले उक्त भिडियो सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको भिडियोमा दृढ अठोटका साथ अनवरत रुपमा अघि बढ्दै जाँदा कुनै पनि किसिमको लक्ष्य प्राप्ति गर्न सकिने विषयलाई जोड दिएको छ । साथै, अधिकतम् बल, बुद्धि र विवेकसहितको अठोटले कठिन उचाइहरु समेत सहजै चुम्न सकिने सन्देश दिएको छ ।

बैंक स्थापनाको २५ वर्षमा प्रवेश गरेसँगै हासिल गरेका सर्वश्रेष्ठ उपलब्धीहरुलाई मनन् गर्दै हाल पाँच वर्षे ‘अठोट २२–२७’ रणनीति तय गरेको छ । जसमा बैंकले आफूलाई सम्पूर्ण सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने दृढ अठोटका साथ अगाडी बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?