कांग्रेस बैठकमा लोसपालाई पनि गठबन्धनमा ल्याउन जोड

लोकपथ
35
Shares
nlntk’/M !# r}tM g]sf s]Gb|Lo sfo{;ldltsf] a}7s nlntk’/sf] ;fg]kf cfOtaf/ a;]sf] g]kfnL sf+u|];sf] s]Gb|Lo sfo{;ldltsf] a}7s . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । नेपाली कांग्रेसको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सत्ता गठबन्धनमा ल्याउनुपर्ने विषय उठेको छ ।

कांग्रेस शीर्ष नेताहरुको बैठकमा नेता शेखर कोइराला, विमलेन्द्र निधि लगायतले लोसपालाई पनि गठबन्धनमा ल्याउनुपर्नेमा जोड दिएका हुन् । यसबारे गठबन्धनमा छलफल हुनुपर्ने उनीहरुले धारणा राखेको सहमहामन्त्री किशोरसिंह राठौरले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनको आवश्यकता र औचित्यका विषयमा प्रकाश पारेका थिए । उनीहरुले गठबन्धन नगरी कसैको पनि बहुमत पुग्ने अवस्था नरहेकाले चुनावी गठबन्धन आवश्यक रहेको बताएका थिए ।

बैठकमा नेता कोइरालालगायतले गठबन्धन गर्दा पार्टीलाई १०० सिटभन्दा चाहिने धारणा राख्दै सोहीअनुसार अडान राख्न सुझाव दिएका थिए । कम्तिमा १०० सिट नपाउने अवस्थामा वस्तुगत यथार्थ अनुसार भागबण्डा हुनुपर्नेमा उनीहरुको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?