राणालाई सोध्न ४३ प्रश्न तयार, सिफारिस समितिका सदस्यको पर्खाइमा चोलेन्द्र

लोकपथ
63
Shares

काठमाडौं । निलिम्बत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा डेढ घण्टादेखि महाअभियोग सिफारिस समितिका सदस्य कुरेका छन् । समितिले बयानका लागि डाकेपछि सिंहदरबारस्थित महाअभियोग सिफारिस समितिको कार्यालय पुगेका जबरा डेढ घण्टादेखि सांसद कुरेर बसेका हुन् ।

बयानका लागि ११ बजे बोलाएका समिति सदस्य सांसदहरु नआउँदा जबरा उनीहरुलाई पर्खेर बस्नुपरेको हो ।

गत १ फागुनमा जबराविरुद्ध सत्तारुढ दलका सांसदले महाभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका छन् ।

जसअनुसार प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले बयानका लागि उनलाई बोलाएको हो । तर, समिति सदस्य नै समयमा नआएपछि जबरा कुरेर बस्न बाध्य भएका हुन् । बैठक भर्खरै सुरु भएको छ ।

जबरालाई सोध्न ४३ वटा प्रश्न तयार पारेको समितिको बुधबार ढिलोगरी बैठक सुरु भएको हो । सो बैठकमा जबराको बयान पनि सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?