काठमाडौं । नेपालको अग्रणी मोबाइल कम्पनी सामसङले यस वर्षको चाडपर्वमा आफ्ना उपभोक्ताहरुको लागि एक अर्को उत्साहजनक उपभोक्ता अफर–यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार योजना ल्याएको छ ।
यो अफर भाद्र १४ देखि असोज १४, २०७९ सम्म लागू रहनेछ । सामसङ स्मार्ट फोन वा ट्याबलेट खरीद गर्ने जो कोही यस योजनामा सहभागीबन्न सक्नेछन् र योजनामा सहभागी बन्नका लागि ग्राहकले सामसङ स्पेस राखी खरीद गरेको डिभाइसको सिरियल नं. टाइप गरेर ३५००१ मा एसएमएस पठाउनु पर्नेछ । यसरी एसएमएस पठाउने ग्राहकले हरेक दिन ६५ इन्चको सामसङ टिभी र बम्पर पुरस्कारमा एउटा कार ड्याम्मै जित्न सक्नेछन् ।
यस अफरको बारेमा जानकारी दिंदै सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “सामसङ उपभात्ताहरुको जीवनलाई सहज बनाउनको लागि सधै प्रतिबद्ध छ । यो चाडपर्वको मौसममा हामीले हाम्रा उपभोक्ताहरूलाई खुसी हुने र उनीहरूको जीवनलाई अझ राम्रो बनाउने अर्को कारण प्रदान गर्ने कोशिश गरेका छौँ । आफ्नो मनपर्ने सामसुङ स्मार्टफोन र ट्याब्लेटको प्रत्येक खरिदको साथ उपभोक्ताहरूले अर्कषक उपहारहरू जित्ने मौका पाउनेछन् । यस योजनाले हाम्रा ग्राहकहरूलाई पुरस्कृत गरि यस माहान चाड अझै हर्षित र उत्साहजनक बनाउँछ भन्ने विश्वास हामीले राखेका छौं ।
कम्पनीका अनुसार यो योजनामा सहभागि बन्नका लागि हरेक सहभागीले सामसङको आधिकारिक बिक्रेता वा इ–कमर्स साइटबाट अफरको अवधिभरमा सामसङ स्मार्ट फोन वा ट्याबलेट मध्ये कुनै एक खरीद गरेकै हुनु पर्दछ । यसरी सामान खरीद गरेपछि खरिदकर्ताले खरिद गरेको सामानको सिरियल नम्बरसहित सामसंङ टाइप गरेर ३५००१ मा एसएमएस पठाउनु पर्दछ ।
एसएमएस पठाउने सबै सहभागीहरु मध्येबाट विजेताको चयन गरिनेछ र गोलाप्रथा साप्ताहिक रुपमा गरिनेछ । यद्यपि, योजना अवधिभरका लागि दैनिकरुपमा गोलाप्रथा संचालन गरिनेछ र गोलाप्रथालाई सामसङ फेसबुक पेजमा लाइभ गरिनेछ । विजयी सिरियल नम्बरहरु सोहीदिन फेसबुक पेजमा पोस्ट गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया