मंसिरसम्मका लागि सुनको दैनिक अायात कोटा २५ किलोग्राम

काठमाडाैं : चाडपर्व र विवाहको सिजन नजिकिँदै गर्दा नेपाल राष्ट्र बैंकले सुनको दैनिक अायात कोटा ५ किलोग्रामले बढाएको छ । यसअघि दैनिक २० केजी सुन बजारमा पठाएको राष्ट्र बैंकले मंसिरसम्मका लागि दैनिक २५ केजी सुन बजारमा पठाउनेगरि अायात कोटा निर्धारण गरेको हो । 

व्यापक सुन तस्करी भएका बेला गहना व्यवसायीहरूले बैंकबाट सुन उठाउन नै छाडेका थिए । तर तस्करीमा नियन्त्रणका लागि सरकारले कडा कदम चालेपछि उनीहरू सुनका लागि बैंकमा फर्केका छन् । 

बाणिज्य मन्त्रालयको सिफारिसमा राष्ट्र बैंकले सुनको अायात कोटा बढाउन निर्णय गरिसकेको छ । तर, सुनचाँदी व्यवसायीले माग गरेजति सुन दिन नसकिने राष्ट्र बैंकले जनाएको छ । व्यवसायीहरूले दैनिक ३५ किलोग्राम सुन अायात कोटा तोक्न सरकारसँग अाग्रह गरिरहेका छन् । 

नेपालमा बाणिज्य बैंकहरूले युएर्इ र थार्इल्याण्डबाट वैद्य रूपमा सुन अायात गर्छन् । यसअघि दैनिक २० किलोग्रामभन्दा बढी सुन अायात गर्न नपार्इने नियम थियो । 

तस्करीका बेला बैंकहरूमा ६ सय किलोग्रामसम्म सुन स्टक रहेकोमा अहिले जम्माजम्मी १ सय किलोग्राम मात्रै स्टक रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?