काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गृह जिल्ला तनहुँको क्षेत्र २ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरेका छन् ।
नेता पौडेलले आफू तनहुँ २ बाट निर्वाचन लड्न इच्छुक रहेको बताउँदै सो क्षेत्रबाट निर्वाचन लड्न आवेदन समेत दिएका छन् ।
क्षेत्रीय कार्यसमितिले चुनाव लड्न इच्छुकबाट आवेदन माग गरेको थियो। सो अनुसार नेता पौडेलले आवेदन दिएका हुन् ।
त्यस्तै केन्द्रीय सदस्य ध्रुव वाग्ले र जिल्ला सभापति जित प्रकाश आलेले पनि सोही क्षेत्रमा उम्मेदवार हुनका लागि पार्टीमा आवेदन बुझाएका छन्।
अघिल्लो पटक प्रदेशसभामा थोरै मतले हारेका नेता पौडेलले पार्टीभित्र छलफल गरि आवेदन दिएका हुन् ।
अघिल्लो निर्वाचनमा सो क्षेत्रमा कांग्रेसबाट शंकर भण्डारीले निर्वाचन लडेका थिए । तर यस पटक भण्डारीले क्षेत्र नं १ रोजेका कारण पनि पौडेललाई केही सहज हुने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया