एजेन्सी :असुरक्षित यौन सम्बन्धबाट गर्भ रोक्न प्रयोग गरिने गर्भ निरोधक औषधिले महिलामा पुरूषपना ल्याउने गरेको छ ।
गर्भ रोक्न गर्भ निरोधक औषधिमा रहेका हार्मोन्सले काम गर्ने गरेको छ । एक चक्कीमा ८ किसिमका हार्मोन हुन्छन् ।
यी ८ हार्मोन्सहरूमा केही यस्ता हार्मोनहरू छन् जसले महिलामा पुरूषपनाको विकास गराउने गर्छ ।
गर्भ निरोधक चक्कीमा एट्रोजेन र प्रोजेस्टेरोन हार्मोन रहने गरको दाबी गरिन्छ ।
तर कुनै पनि चक्कीमा यी हार्मोनहरू प्राकृतिक रूपमा हुँदैनन् । यसको सिन्थेटिक भर्सन चक्कीमा राख्ने गरिन्छ । यो प्राकृतिक भन्दा धेरै स्थायी हुन्छ ।
हरेक चक्कीमा सिन्थेटिक एस्ट्रोजन, एथिनील एस्ट्राडिआल र प्रोस्टेजेरोन हुन्छन् ।एथिनील एस्ट्राडिआलले हरेक महिना पाठेघरमा अण्डाणुलाई विकसित हुन रोक्ने काम गर्छ ।
प्रोजेस्टेरोनले पाठेघरको मुहानमा मोटो परत खडा गरिदिएर स्पर्मलाई छिर्ने बाटो रोक्छ ।
कदाचित कुनै अण्डाणु छिर्न सकेको अवस्थामा भित्र गएर विकसित हुन पाउँदैन महिनावारीको रगतसँग बाहिर आइपुग्छ ।
यस्ता गर्भ निरोधक निल्ने महिलाहरूका अनुसार उनीहरूको शरीरमा परिवर्तन हुन थालेको पाइएको छ ।

अनुहारमा रौं निस्ककेको , अनुहारको छाला मोटो भएको , अनुहारमा डण्डीफोर आएको जस्तो अनुभव यस्ता महिलाले बताएका छन् ।
सन् २०१२मा गरिएको एक प्रतिवेदनका अनुसार ८३ प्रतिशत अमेरिकी महिला गर्भ निरोधक औषधि लिने गर्छिन् ।
यो चक्कीमा पाइने नेन्डरोलोन पुरूषको टेस्टेस्टेरोन हार्मोन हो । यो हार्मोन पुरूषमा प्रजनन प्रणालीको विकास गराउाछ । पुरूषको यो हार्मोन महिलाले यो चक्कीको माध्यमबाट निल्ने गछिन् ।
यो हार्मोन मांशपेशी बलियो पार्न उपयोगी हुने हुनाले बक्सरको डोपिंगमा यसको प्रयोग गरिन्छ ।
२०१५मा प्रसिद्ध ह्याभिवेट वल्र्ड च्याम्पियन बक्सर टाइसन फ्युरीलाई यो हार्मोनको सेवन गरेको दोषी पाइएको थियो । उनलाई दुई वर्षका लागि बन्देज लगाइएको थियो ।
गर्भ निरोधक चक्कीको बेफाइदाका बारेमा अनुसन्धानकर्ता पहिले देखि जानकार छन् ।४०,५० र६०को दशकमा महिलालाई गर्भपातबाट बचाउन नोरथिन्डरोन हार्मोनको प्रयोग गर्ने गरिएको थियो ।
एन्ड्रोजेनिक थियो । यसबाट गर्भपात रोकिएपनि महिलामा अन्य समस्या देखा पर्न थालेको थियो । शरीरमा दाग र अनुहारमा रौं उम्रिन थालेको , बोली फेरिएको जस्तो समस्या देखिएको थियो ।
हरेक पाँच महिलामा एक पुरूष लिंग भएको बालिका जन्मिन थालेको थियो । यसलाई शल्य क्रियाबाट हटाउने गरिन्थ्यो ।
आजकाल तयार पारिने औषधिमा एन्ड्रोजेनिक प्रोजेस्टेन धेरै कम मात्रामा रहेको छ । यसका अतिरिक्त सिन्थेटिक एट्रोजन मिलाइन्छ । पुरूषपनाको असर घटाउनका लागि यस्तो गर्ने गरिएको छ ।
यस्ता हार्मोनको प्रयोगबाट हुने प्रतिकूल खतराको सम्भावना रहेकै हुन्छ । हाम्रो शरीरमा एन्ड्रोजन रिसेप्टर विद्यमान छ । पसिना उत्पन्न गराउने र शरीरमा रौं उमार्ने ग्रन्थीहरूको निकट एन्ड्रोजन रिसेप्टर सबैभन्दा बढी हुन्छ ।
त्यसैले गर्भ निरोधक चक्कीको सेवन गर्ने महिलामा पसिना आउने र रौं उम्रिने समस्या देखा पर्छ ।यसले महिलाको मष्तिष्कमा पनि असर गर्छ ।
पुरूषमा एन्ड्रोजन किशोरावस्थामा उत्पन्न हुन्छ । उसको उद्देश्य मष्तिष्कलाई नयाँ खाकामा तयार पार्नु हुन्छ ।
महिलामा पनि किशोरावस्थामा पुरूषको हार्मोन टेस्टोस्टेरोन उत्पन्न हुन्छ । तर यो मात्रा कम हुन्छ । यो हार्मोनको काम कुनै अंगलाई खुम्चाउन र कुनैलाई ठूला पार्ने हो ।
यो औषधिको मष्तिष्कमा हुने असरबारे ८ वर्ष अघि देखि अनुसन्धान भइरहेको छ । तर यो औषधिको उपयोग विगत ५० वर्ष देखि भइरहेको छ ।
महिलामा यसको केही खराब असर भएपनि महिलाका लागि यो २० औं शताब्दीको सबैभन्दा ठूलो क्रान्तिकारी औषधि भएको मानिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया