आज निलम्बित प्रधानन्यायधीश राणासँग बयान लिइँदै

लोकपथ
70
Shares

काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणासँग आज बयान लिने भएको छ ।

सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका प्रधानन्यायधिस राणासँग बयान लिन लागेको हो ।

नेपालको न्यायीक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायधीशसँग बयान लिन लागेको हो ।

१ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?