नेपाल बैंकबाट आइपीओ भर्दा सिआस्वा शुल्क नलाग्ने

लोकपथ
0
Shares

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडबाट आइपीओ भर्ने ग्राहकहरुले धितोपत्र आबेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पुरै छुट पाउने भएका छन् । बैंकका अनुसार अबदेखि ग्राहकहरुले नेपाल बैंकबाट निःशुल्क रुपमा आइपीओ भर्न सक्नेछन् ।

हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धी सुबिधा उपलब्ध गराए बापत बैंक तथा वित्तीय संस्थाले बढिमा पाँच रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ ।

नेपालभर २ सय १९ शाखाहरु, १ सय ८६ एटिएम साथै, ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्‍याइरहेको यो बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धिका रुपमा अगाडि बढिरहेको छ ।

विगत केहि वर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल राज्यभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?