सानिमा बैंकले ल्यायो मोबाइल बैंकिङ्ग अफर

लोकपथ
0
Shares

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ ।उक्त योजना अन्तर्गत, सानिमा मोबाइल बैंकिङ्गबाट पहिलो पटक टपअप गर्दा ग्राहकहरुले १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्र्न सक्नेछन् ।

यसैगरी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्ये सबै भन्दाबढी कारोबार गर्ने तीन जना ग्राहकहरुले मोबाइल फोन जित्न सक्नेछन् । मोबाइल बैंकिङ्ग एप मार्फत् फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्यूआर कोड स्क्यानबाट भुक्तानी, मोबाइल टपअप आदि गर्न सकिने बैंकले जनाएको छ । यो योजना २०७९ भाद्र १३ देखि २०७९ मंसिर १३ गतेसम्म लागू हुने बैंकका नायब प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?