लोकपथ टप फिप्टिन : नेपालमा तीजको रौनकदेखि पाकिस्तानमा बाढीको कहरसम्म

लोकपथ
65
Shares

१. आज हिन्दुधर्मावलम्बी महिलाहरुको माहान पर्व हरितालिका तीज, देशभरका शिवालयहरुमा भक्तजनहरुको भिड, भगवान् शिवको पुजा आरधना गरी मनाइयो ।

२. निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरामाथिको महाअभियोग सिफारिस समितिको बैठक बुधवार बस्ने, बैठकमा जबरासँग बयान लिने कार्यतालिका ।

३. आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गर्ने निश्चित, दुई पार्टीबीच चुनावी तालमेलका विषयमा सैद्धान्तिक सहमति ।

४. नेपालमै पहिलो पटक सरकारी तहबाट चार्जिङ स्टेसन सञ्चालन, चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी साधन चार्ज गर्न मिल्ने ।

५. अनधिकृत संरचना हटाउन मध्यपुर थिमि नगरपालिकाले जारी गयो ३५ दिने सूचना, नगरपालिकाले दिएको समयसिमा भित्र नहटाएमा कारबाही गर्ने चेतावनी ।

६. कक्षा १२ को नतिजा भोलि बुधबार सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी, नतिजाको तयारी अन्तिम चरणमा पुगिसकेको र केही प्राविधिक त्रुटीहरु सच्याउने काम भइरहेको बोर्डद्वारा जानकारी ।

७. नेपाल राष्ट्र बैंकले आगामी भदौ २६ देखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने, प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ सटही गर्न पाउने ।

८. रौतहटको मलाहिटोल गाउँमा खेतमा काम गर्ने क्रममा चट्याङ लागेर एकैपटक तीन महिलाको मृत्यु, एक जना घाइते ।

९. नेपालबाट चालू आर्थिक वर्षमा साढे १२ करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात, कम्बोडिया, हङकङ, दक्षिण कोरिया र अमेरिकामा यार्सागुम्बाको उच्च माग ।

१०. पछिल्लो २४ घण्टामा थप २५७ जनामा कोरोना संक्रमण पुष्टि, २३२ जना संक्रमणमुक्त, सक्रिय संक्रमितको संख्या ३ हजार १४६ पुग्यो ।

११. कारोबारको दोस्रो दिन पनि सेयर बजारमा सामान्य सुधार, नेप्से २.१९ अंकले वृद्धि हुँदा १ अर्ब १ करोड रुपैंया बढीको कारोबार ।

१२. पाकिस्तानमा एक दशक यताकै ठूलो वर्षा हुँदा एक तिहाइ भूभाग डुबानमा, मनसुन सिजन सुरु भएयता ११ सय बढीको मृत्यु, लाखौँ प्रवाभित ।

१३. नासाले चन्द्रमामा पठाउने भनिएको रकेटको एउटा इन्जिनमा समस्या देखिएपछि प्रक्षेपण अन्तिम समयमा स्थगित, अर्को प्रक्षेपण आउदो शुक्रबार हुनसक्ने नासाद्वारा जानकारी ।

१४. महिला साफ च्याम्पियनसिपको टिकट र प्रशारण अधिकार भारतीय कम्पनी हन्ड्रेड स्पोर्टसलाई, टिकट र ब्रोडकास्टिङ अधिकार ६५ लाख ३८ हजारमा बिक्री ।

१५. नेपालका फिफा रेफ्री कबिन ब्यन्जनकार र फिफा सहायक रेफ्री युनाल मल्लले श्रीलंकामा आयोजना हुने साफ यू–१७ पुरुष च्याम्पियनसिप खेलाउने, च्याम्पियनसिप आगामी सेप्टेम्बर ५ बाट सुरु हुँदै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?