राष्ट्र बैंकद्वारा डलर कार्डको प्रयोगमा कडाई

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर कार्डको प्रयोगमा कडाई गरेको छ । मंगलवार वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुको नाममा परिपत्र जारी गर्दे बैंकले डलर कार्डको प्रयोगमा कडाई गरेको जानकारी दिएको हो ।

राष्ट्र बैंकले मंगलवार जारी गरेको डलर कार्डको प्रयोग सम्वन्धी संसोधित व्यवस्था अनुसार अब देखि १८ प्रकारका वस्तु तथा सेवाको खरिदमा डलर कार्डको प्रयोग पुर्णरुपमा बन्देज भएको छ । जसअन्तर्गत ४८२९, ५९६०, ५९७२, ६०१०, ६०११, ६०१२, ६०५१, ६२११, ६३००, ६५१३, ६५३४, ६५४०, ७२७३, ७८०१, ७८०२, ७९९५, ८६५१ र ८६६१ सहितका १८ वटा मर्चेन्ट क्याटागोरी कोड (एमसीसी) अन्तर्गतका वस्तु तथा सेवाहरुमा डलर कार्डबाट भुक्तानी गर्न प्रतिबन्ध लगाईएको छ ।

राष्ट्र बैंकका अनुसार यि कोडहरु अन्तर्गतपर्ने १८ वटा वस्तु तथा सेवाहरुमा मनी अर्डर (वायर ट्रान्सफर), बीमा सेवा, स्ट्याम्प तथा क्वाइन स्टोर, वित्तीय संस्थालाई भुक्तानी (म्यानुअल क्यास डिस्बर्समेन्ट), वित्तीय कारोबारको शुल्क, धितोपत्र दलाल/डिलर्स, बीमा बिक्री, अन्डराइटिङ तथा प्रिमियम, रियल स्टेट, एजेन्ट तथा म्यानेजर (रेन्टल), वाणिज्य बैंकहरुलाई हुने भुक्तानी, स्टोरहरुको कार्ड खरीद तथा लोडिङ, विविध सेवा तथा वस्तु (अति जोखिम खालका), क्यासिनो, घोडा तथा कुकुर दौड, सबै प्रकारका जुवा, कुनै पनि प्रकारका राजनीतिक दल तथा धार्मिक संगठन आदि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?