लमजुङ । नेकपा माओवादी केन्द्र लमजुङको इन्चार्जमा केन्द्रीय सदस्य पारशमणि पौडेल र जिल्ला संयोजकमा प्रदेश सदस्य लालबहादुर गुरूङ चयन भएका छन् ।
आइतवार पोखरामा सम्पन्न माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीको बैठकले जिल्लाको इन्चार्जमा पौडेल र संयोजकमा गुरूङलाई चयन गरेको हो । बैठकले प्रदेश निर्वाचन (क) को इन्चार्ज केन्द्रीय सदस्य मधु अधिकारी र (ख) को इन्चार्जमा केन्द्रीय सदस्य बुद्धिराम गुरुङलाई चयन गरेको छ ।
प्रदेश समिति सदस्यहरुबाट पालिका इन्चार्जहरुमा मध्यनेपाल नगरपालिकामा रामचन्द्र पौडेल, दोर्दी गाउँपालिकामा निरजन कुँवर, दूधपोखरी गाउँपालिकामा सतिमाया तामाङ, सुन्दरबजार नगरपालिकामा सुनिल सुनार, मर्स्याङ्दी गाउँपालिकामा होम बहादुर बि.क., राइनास नगरपालिकामा चन्द्रकान्त न्यौपाने, बेशिसहर नगरपालिकामा हरिजङ तामाङ र क्व्होलासोथर गाउँपालिकामा लालबहादुर गुरुङ चयन भएका छन ।
यस्तै, लमजुङबाट प्रदेश समिति सदस्यमा नन्दबहादुर कुमाल (सवीन), अजय तामाङ जलालदिन मिया, यसोदा न्यौपाने सन्तोषी गौली र जुना बिकलाई थप सदस्य बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया