कोरोना अपडेट : थप २ सय ५७ जनामा संक्रमण पुष्टि

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ९ सय २१ जनामा गरिएको कुल परीक्षणमध्ये आरटी पिसिआर विधिबाट १ सय ४३ र एन्टीजेन विधिबाट १ सय १४ जना गरि २ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा नेपालमा कोरोनाबाट कसैलेपनि ज्यान गुमाएका छैनन् ।

यस्तै, २४ घण्टाको तथ्यांकलाई हेर्दा सो समयमा ५० हजार ३ सय ५५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

साथै, २ सय ३२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै देशभरमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ४६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?