आगामी भदौ २६ देखि नयाँ नोट साट्न पाइने

लोकपथ
130
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी भदाै २६ गतेदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी गरेको छ । दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैंकले नयाँ नोट उपलब्ध गराउने भएको हो ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालकाअनुसार २६ भदौदेखि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी रहेको छ ।

सबै बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोट साट्न सक्ने व्यवस्था गरिने उनले बताए । २० भदौपछि मात्रै कहाँ–कहाँबाट नयाँ नोट साट्न सकिने भनेर सूचना प्रकाशित गर्ने तयारी रहेको उनले उनले बताए ।

काठमाडौं उपत्यका बाहिर पनि बैंक तथा वित्तीय संस्थामार्फत् नै आवशयकता अनुसार राष्ट्र बैंकको प्रदेश स्थिति कार्यालयबाट पनि नयाँ नोट साट्न सकिने उनले बताए । प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक नयाँ नोट उपलब्ध गराउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?