छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ३ जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । कास्की र बाराबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउस चोकबाट विभिन्न नियन्त्रित लागूऔषधसहित सोही महानगरपालिका–३० लामाचौर बस्ने २२ वर्षीय अजय जिसी र चितवन रत्ननगर नगरपालिका–१२ बस्ने २५ वर्षीय समिर कोईरालालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु.१ ख ८१५७ नम्बरको बसमा सवार अजयलाई नियन्त्रित लागूऔषध नुर्फिन ७० एम्पुल, डाईजेपाम ७० एम्पुल र फेनारगन ७० एम्पुल सहित र नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग.१ ख ३०६५ नम्बरको हाईसमा सवार समिरलाई नुर्फिन १ सय एम्पुल, डाईजापाम १ सय एम्पुल र फेनारगन १ सय एम्पुल सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया तिनकुने चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३ सय ट्याब्लेट र फेनारगन, नुर्फिन र डाइजेपाम गरी १ हजार ७ सय ६० पिस सहित सिन्धुली कालापानी बस्ने २४ वर्षीय पूर्ण प्रसाद दाहाललाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.२–०३–००१ ख ३६२३ नम्बरको बसलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसका सहचालक पूर्ण प्रसादको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । प्रहरीले यसबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?