रौतहट । रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर एकैपटक तीन महिलाको ज्यान गएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका– ३ मलाहिटोल गाउँ छेउमा खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीनजनाको मृत्यु भएको हो ।
चट्याङ लागेर मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ बर्षिया सुदनिया देवि, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी रुपेशकुमार सिंहले बताएका छन् ।
मृतक मध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको डीएसपी सिंहले जानकारी दिएका छन् । चट्याङ लागेर एउटै गाउँको एकैपटक तिनजनाको मृत्यु हुंदा सिंगो मलाही गाउँ शोकमग्न भएको छ । खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा संगै रहेकी वर्ष ४० कि सैलिदेवी सामान्य घाइते तथा एकदर्जन बढी महिला चट्याङ बाट प्रभावित भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया