भ्वाइस अफ नेपाल’ मा ब्याटल राउण्ड शुरु

काठमाडौं- नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा ब्याटल राउण्ड शनिवारदेखि शुरु भएको छ ।
ब्याटल राउण्डमा निर्णायक तथा कोचहरु दिप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल र प्रमोद खरेलका टिमहरुका प्रतिस्पर्धीले एक आपसमा भिडन्त गर्नेछन् ।
‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ ब्याटल राउण्डमा छानिएका प्रतियोगीहरुमध्ये एक आपसमा ससक्तरुपमा एकै गीतमा गाएर भिडन्त गर्नुपर्नेछ ।
यो राउण्डमा हरेक प्रतियोगीहरुलाई कोच र कोचका सल्लाहकार टिमले प्रतियोगीहरुलाई प्रशिक्षण गरेर ब्याटल राउण्डमा तयार पारेका छन् ।
ब्याटल राउण्डको पहिलो कार्यक्रममा निर्णायक दिपले अर्को प्रतिस्पर्धी टिम प्रमोदका प्रतियोगीलाई चोरेका(स्टिल) थिए । त्यस्तै निर्णायक अभयाले सनुपको टिमका प्रतियोगीलाई ‘स्टील’ गरेकी थिईन् ।
यस ब्याटल राउण्डमा चारै निर्णायकहरुको आफ्नो टिमका १२ जना प्रतियोगीहरुले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् ।
ब्याटल राउण्ड निकै प्रतिस्पर्धी र रोमान्चकता साथ शुरु भएको छ आगामी दिनमा अझै रोचक र ससक्त प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ जहाँ प्रतिस्पर्धिहरु आपसमा गायनमार्फत भिडन्त गर्नेछन् ।
चार निर्णायक तथा कोचहरुका लागि ब्याटल राउण्ड निकै कठिन हुने देखिएको छ जसमा आफ्नो टिमले उत्कृष्ट गरोस भन्ने चाहना हुनेछ ।
त्यसैगरि ब्याटल राउण्डमा ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’को सेट पनि नयाँ डिजाइनमा आएको छ भने निर्णायक तथा कार्यक्रमका होस्ट सुशिल नेपालको पनि ड्रेस डिजाइन परिवर्तन भएको छ । जून ब्याटल राउण्ड भर सोहि डिजाइन र ड्रेसमा कार्यक्रम हुनेछ ।
नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको टिभिएस अपाचे दि भ्वाइस अफ नेपालले नेपाली गित संगितको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ ।
टिभिएस अपाचे सिरिज आरटिआर दि भ्वाइस अफ नेपाललाई टिभिएस अपाचेले मुख्य प्रायोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?