पल शाहको मुद्धाको पेशी आज

लोकपथ
0
Shares

पोखरा । अभिनेता पल शाहको मुद्धाको पेशी आज तोकिएको छ । नाबालिग बलात्कारको आरोप पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो ।

अभिनेता शाहका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्लेका अनुसार मंगलवार तनहुँ अदालतमा पेशी रहेको छ भने नवलपुर अदालतले २१ भदौंका लागि पेशी तोकेको छ ।

उनका अनुसार मुद्धाको फैसाला अन्तिम चरणमा रहेकाले शाहलाई थुनामुक्त गरेर मुद्धा लडन सक्ने तथा थुनामा रहनुपर्ने दुबै मध्ये एक खाले फैसाला आउन सक्नेछ । गत ३० चैत देखि थुनामा रहेका अभिनेता शाह हाल तनहुँ जिल्ला कारागारमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?