तनहुँमा कर्मचारी बोकेको बस दुर्घटना, १५ जना घाइते

लोकपथ
117
Shares

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ बस दुर्घटना भएको छ । करिब ५:५० बजेतिर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग१ख ४०३२ नम्बरको बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् । बसमा करिब १९ जना सवार रहेकोमा १५ जनालाई चोटपटक लागेको छ ।

घाइते भएकाहरूको उद्धार गरी दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?