प्रभु क्यापिटलको ‘प्रभु ऐश्वर्या योजना’मा नारीहरुलाई विशेष छुट

लोकपथ
52
Shares

काठमाडौं । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गतकाे प्रोडक्टहरु मध्ये “प्रभु ऐश्वर्या योजना” पिएमएस सेवा लिदाँ एक बर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर ल्याएको छ ।

“तीजमा प्रभु क्यापिटलको उपहार, एएमसीमा छूटको बहार” भन्ने नारासाथ शुरु हुने यो अफर यही भाद्र १४ गते हरितालिका तीजका दिनदेखि ३१ भाद्र २०७९ सम्म सञ्चालनमा आउने छ । यो अवधि भित्र यस लगानी व्यवस्थापन सेवामा आबद्व हुने दिदीबहिनीहरुले एक वर्षका लागि वार्षिक सेवा शुल्क (एएमसी) मा एक सय प्रतिशत नैं छुट पाउने प्रभु क्यापिटलले जनाएको छ ।

यो योजनामा यस अघि क्यापिटलले दुई प्रतिशत वार्षिक सेवा शुल्कमा दिदीबहिनीहरुलाई लगानीका लागि प्रोत्साहन गर्न ५० प्रतिशत छुट दिई एक प्रतिशत मात्र एएमसी लिने गरेको थियो भने सोही शुल्कमा अब अफर अवधिभित्र यो योजनामा सहभागी भएकालाई एक वर्षका लागि कुनै शुल्क नलिने भएको छ ।

यो योजना महिलाहरुलाई केन्द्रीत गरी ‘महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणा लिई विगत एक बर्ष अघि तीजकै अवसर पारी सञ्चालनमा ल्याईएको हो जसमा महिला ग्राहकहरुले न्यूनतम ३ लाख रुपैयाँबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?