प्रचण्डले भने ‘काठमाडौं उपत्यकामा माओवादीको अवस्था नाजुक छ’

लोकपथ
28
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं उपत्यकामा पार्टीको अवस्था नाजुक रहेको बताएका छन् ।

माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले काठमाडौं उपत्यकामा नाजुक अवस्था रहेपनि अन्यत्र राम्रो रहेको दाबी गरेका हुन् ।

तराई मधेशमा पार्टी र जनतालाई युनिफाइड गर्न सके माओवादीको पक्षमा जनमत आउने दाबी गरेका प्रचण्डले पहाडमा निकै राम्रो रहेको बताए । बागमती प्रदेशमा पनि राम्रो रहे पनि काठमाडौं उपत्यकामा भने निकै नाजुक रहेको प्रचण्डले बताए ।

बागमतीमा कम्युनिष्ट आन्दोलनमा माओवादी पहिलो नम्बर र एमाले तेस्रो नम्बरमा रहेको बताउँदै प्रचण्डले माओवादीभन्दा अलि कति बढी बागमतीमा कांग्रेसको राम्रो रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?