२१ माघ २०७९, शनिवार

अवहेलना मुद्दामा सर्वाेच्चले माग्यो मेयर बालेन्द्रसँग लिखित जवाफ

२०७९,भाद्र,१३,सोमवार १७:०१

207
Shares

काठमाडौं । सर्वाेच्च अदालतले अदालतको अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध दायर गरेको अदालतको अवहेलना मुद्दामाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले बाटाको म्यादबाहेक सात दिनभित्र आफैं वा आफ्ना प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

‘यसमा के कसो भएको हो ? निवेदन मागबमोजिम अवहेलनामा सजाय किन नहुनुपर्ने हो ? सोको आधार, कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक सात दिनभित्र आफैं वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नू भनी यो आदेश र निवेदनको प्रतिलिपी साथै राखी विपक्षका नाममा म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि निमानुसार पेस गर्नू,’ आदेशमा भनिएको छ ।

मेयर बालेनले आफैँ गएर नर्भिक अस्पतालमा बनेको भनिएको अवैध संरचना भत्काउन निर्देशन दिएका थिए । तर, नर्भिकले केही दिनको समय माग्यो । यसपछि महानगरले अस्पताललाई अवैध संरचना भत्काउन समय दियो ।

तर, नर्भिकले आफ्नो संरचना नभत्काउन माग गर्दै दिएको निवेदनउपर सुनुवाइ गर्दै सर्वाेच्च अदालतले नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन अन्तरकालीन आदेश दिएको थियो ।

उक्त आदेशपछि मेयर साहले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको दाबी गर्दै अधिवक्ता दिपकराज जोशीले उक्त रिट दायर गरेका हुन् ।

प्रकाशित मिति: २०७९,भाद्र,१३,सोमवार १७:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले दुई महिने पार्टी संगठन सुदृढीकरणको अभियान चलाउने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य

काठमाडौं । जापानका प्रधानमन्त्रीले यौनिक अल्पसंख्यकविरुद्ध टिप्पणी गरेका एक जना आफ्ना वरिष्ठ सहयोगीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री फुमियो किशिदाले

बारा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेस स्वतन्त्रता नभए संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने बताएकाछन् । बाराको कलैयामा आज

ताजा समाचार