नागरिकता विधेयकमाथिको छलफलबाट एमाले बाहिरियो, बुधवार पारित गर्ने तयारी

लोकपथ
0
Shares

काठमाडौं । नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफलबाट प्रमुख प्रतिपक्षी दल एमाले बाहिरिएको छ ।

सोमवार उक्त विधेयकमाथि छलफल भएको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकबाट एमाले बाहिरिएको हो । दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको उक्त विधेयकका विषयमा संशोधनको आवश्यकता औँल्याउँदै सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा फिर्ता पठाएकी थिइन् ।

तत्पश्चात बसेको प्रतिनिधिसभा बैठकले पुनः विनासंशोधन जस्ताको तस्तै पारित गरि राष्ट्रिय सभामा पठाएको छ । राष्ट्रिय सभाले थप छलफल र पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा आइतवार सो विधेयक पठाएको छ ।

यसपछि सोमवार बसेको विधायन समितिमा सो विधेयकमाथि छलफल भएको छ । उक्त छलफल नै छाडेर एमाले बाहिरिएको हो । यद्यपि, एमाले बैठक भने बहिस्कार गरेको भने होइन । बैठक चलिरहँदा बाहिर अर्काे बैठकमा सहभागि हुनुपर्ने भन्दै एमाले सांसद बाहिरिएका हुन् ।

एमाले सांसदहरु बाहिरिएपछि बैठक १६ भदौ दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ । आगामी बुधवार बस्ने बैठकले सो विधेयक पारित गर्ने समितिको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?