लगातार घटिरहेको सेयर बजारमा सामान्य सुधार

लोकपथ
0
Shares

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमवार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । पछिल्लो समय निरन्तर रुपमा शेयर बजारमा उत्तारचढाव आइरहेको छ ।

आइतवार ३३ अंकले गिरावट आएको नेप्से सोमवार ३ दशमलव ७६ अंकले वृद्धि भएर १ हजार ९ सय ९३ दशमलव ०२ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १ दशमलव ७७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स शून्य दशमलव २३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ७५ अंकले बढेको छ ।

सोमवार कारोबारमा आएका २ सय २२ कम्पनीको ३४ लाख ४० हजार ९ सय कित्ता शेयर १ अर्ब २६ करोड ६६ लाख १९ हजार रुपैयाँ कारोबार भएको छ । आइतवारको तुलनामा सोमवार कारोबार रकम भने गिरावट आएको छ । सोमवार २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूह मध्ये ८ वटा उपसमूहको सूचक सकारात्मक छ भने चार उपसमूहको परिसूचक नकारात्मक रहेको छ । जसमा सबैभन्दा बढी फाइनान्स उपसमूहको १ दशमलव ८९ प्रतिशत र होटल एण्ड टुरिजम उपसमूहको १ दशमलव ३२ अंकले बढेको छ । म्युचुअल फण्डको भने सबै भन्दा बढी १ दशमलव १२ प्रतिशतले घटेको छ ।

सोमवारको कारोबारमा विन लघुवित्तको शेयर मूल्य ७ दशमलव ४८ प्रतिशतले बढेको छ । रिलायन्स फाइनान्सको ६ दशमलव ६४ प्रतिशतले बढेको छ । तर यता रुरु हाइड्रो पावर कम्पनीको शेयर मूल्य भने ५ दशमलव ७० प्रतिशतले घटेको छ । सोमवार नेपाल टेलिकमको ११ करोड बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?