सबैभन्दा आशलाग्दा नेता गगन थापा हुन् : नायक खड्का

लोकपथ
104
Shares

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका नायक प्रदिप खड्काले अबको सबैभन्दा आशालाग्दो नेता गगनकुमार थापा भएको बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।

हिजो (आइतवार) नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका गगनकुमार थापा चलचित्र ‘प्रकाश’ हेर्न गएकोमा खुसी व्यक्त गर्दै नायक खड्काले उक्त पोष्ट सार्वजनिक गरेका हुन् । चलचित्र हेर्ने क्रममा महामन्त्री थापा र आफूबीच भएको भेट सुखद संयोग मात्रै भएको उनले उल्लेख गरेका छन् ।

साथै, नायक खड्काले चलचित्र ‘प्रकाश’ लाई दर्शकहरुले दिएको मायाप्रति विशेष धन्यवादसमेत दिए । प्रदिप खड्काद्वारा सार्वजनिक पोष्टमा चलचित्र निर्माणका क्रममा आफूले समाज, राजनीति र नेतृत्वलाई नजिकबाट निहाल्ने मौका मिलेको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?