काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ । सोमवार अधिवक्ता दिपकराज जोशीले बालेन शाहविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।
केही दिनअघि बालेनले संविधान संसोधन गरेर सर्वोच्च अदालतलाई अधिकार दिउँ भन्दै फेसबुकमा लेखेका थिए । बालेनले लेखेको त्यो स्टाटसले अदालतको अपहेलना भएको अधिवक्ता जोशीकाे भनाइ छ ।
यसअघि नर्भिक अस्पतालले भाडामा लिएको सरकारी जग्गामा रहेको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशप्रति महानगरका मेयर शाहले असन्तुष्टि जनाउँदै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए ।
उक्त आदेशपछि मेयर बालेनले नक्सा पासको काम पनि अदालतलाई दिनुपर्ने भन्दै स्टाटस लेखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया