एप्पल आईफोनको १४ औँ सिरिज सार्वजनिककाे तयारी

लोकपथ
143
Shares

काठमाडौं । एप्पलले आईफोनको १४ औँ सिरिज सार्वजनिक गर्ने भएको छ । आउँदो सेप्टेम्बर ७ तारिख अर्थात् भदौ २२ गते बुधवार एप्पलले आईफोन १४ सिरिज अन्तर्गतका स्मार्टफोन सार्वजनिक गर्ने भएको हो ।

आईफोन सिरिज एप्पलको सबैभन्दा उत्कृष्ट प्रडक्टको रुपमा लिइन्छ । यो सिरिजका फोन कम्पनीकै सबैभन्दा बढी बिक्री हुने उपकरणमा पर्छ । कम्पनीले एप्पलको लोगोसहितको भिडिओ सार्वजनिक गर्दै सेप्टेम्बर ७ मा ‘एप्पल इभेन्ट’ आयोजना हुने जानकारी दिएको छ ।

यसोत, नयाँ आउने आईफोन १४ कस्तो हुनेछ र त्यसमा के–कस्ता फिचर उपलब्ध हुनेछन् भन्ने विषयमा धेरैलाई चासो छ । कम्पनीले कार्यक्रमको विषयमा जानकारी दिए पनि उक्त दिन कुन–कुन डिभाइस सार्वजनिक हुनेछ भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन ।

तर, पनि आईफोन १४ सिरिजमा तीन ओटा स्मार्टफोन, म्याक, लो–इन्ड तथा हाई–इन्ड आईप्याड र तीन ओटा एप्पल वाच मोडल सार्वजनिक हुने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?