स्मार्ट फोनहरुले यसकारण नदिने भए चार्जर

लोकपथ
468
Shares

काठमाडौं । एप्पल, सामसङलगायतका केही ब्रान्डहरूले आफ्ना फ्ल्यागशिप फोनमासँगै आउने चार्जर दिन छाडेका छन् । उनीहरुले विशेष कारण देखाउँदै चार्जर दिन छाडेका हुन् ।

चिनियाँ कम्पनी साओमीले पनि ‘मि’ सिरिजका फोनहरु बजारमा पठाउँदा चार्जरबिना नै पठाएको छ । अहिले साओमीले आफ्नो सहायक ब्रान्ड रेडमीको एक मोडलबिना चार्जर रिटेल स्टोरहरूमा पठाएको पाइएको छ ।

भारतीय बजारमा कम्पनीले ‘रेडमी नोट ११ एसई’ को बक्समा चार्जर राखिएको छैन । चार्जर नराखिएको बारे साओमी भारतले पनि स्वीकारेको छ । फोनसँगै यूएसबी–सी केबल, सिम इन्जेक्टर टुल, प्रोटेक्टिभ केस, वारेन्टी कार्डलगायतका सामग्री भएपनि चार्जर नराखिएको साओमी भारतले जनाएको हो । उसकाअनुसार साओमीले मिडरेन्ज सेगमेन्टमा पनि चार्जर उपलब्ध नगराउने तयारी गरेको अनुमान गरिएको छ ।

वास्तवमा नयाँ स्मार्टफोनहरुमा चार्जर नआउनुको कारण वातावरण भएको बताइएको छ । स्मार्टफोन उत्पादक कम्पनीहरुले वातावरण संरक्षणका लागि भन्दै फोनको बक्समा चार्जर उपलब्ध नगराएको जनाएका छन् । उनीहरुका अनुसार फोनको बक्समा चार्जर नराख्दा विद्युतीय प्रदुषण कम हुने र फोनको प्याकेट सानो हुन जाँदा कागजी प्रदुषण पनि कम हुने उल्लेख गरिएको छ ।

तर, स्मार्टफोनमा चार्जर उपलब्ध नगराउँदा थप समस्या उत्पन्न हुने बताइएको छ । स्मार्टफोनमा चार्जर उपलब्ध नहुँदा स्मार्टफोन प्रयोगकर्तालाई नयाँ चार्जर छुट्टै किन्नुपर्ने झन्झट हुने र फोनमा पनि पुराना चार्जर प्रयोग गर्दा थप समस्या देखिने गर्दछ । पुरानो चार्जरबाट फोन चार्ज गर्दा समय बढि लाग्ने, छुट्टै चार्जर खरिद गर्दा विद्युतीय तथा कागजी दुवै प्रदुषण बढ्ने र अघिल्लो पुस्ताको फोनले झैं फोहोर मैला उत्पन्न गराउने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?