२४ घण्टाभित्र नक्सासहित उपस्थित हुन विशाल बजारलाई निर्देशन

लोकपथ
507
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले विशाल बजार भवनको नक्सासहित उपस्थित हुन निर्देशन दिएको छ । विशाल बजारको स्थलगत अनुमगन पछि महानगरले २४ घण्टाभित्रमा वडा कार्यालयमा नक्सा पेश गर्न भनेको हो ।

एक सातायता महानगरले दैनिक रुपमा स्थलगत निरीक्षण गर्दै अवैध संरचना हटाउने कार्यलाई निरन्तरता दिँदै आएको छ । सोमवार महानगरको टोलीले बेसमेन्टमा रहेको पसलहरु अनधिकृत रहेको र भवनको नक्सासमेत नरहेको पाइएपछि तत्काल नक्सा लिएर वडा कार्यालयमा आउन निर्देशन दिएको हो ।

विशाल बजार कम्पनीले भने महानगरको टोलीलाई पसलहरु वैधानिक रहेको दाबी गरेको थियो । महानगरले ३२ वटै वडामा अभियानको रुपमा अवैध रुपमा निर्माण भएका संरचना हटाउन थालेको छ । सोमवार बिहान महानगरपालिकाको टोली न्युरोडस्थित सुरज आर्केडमा बनेको अवैध संरचना हटाउन पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?