काठमाडौं । काठमाडौं महानगरपालिका–१६ म्हेपीबाट नियन्त्रित लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१२ जियाजो बस्ने ३१ वर्षीय प्रभु माझि समेत दुई जना रहेका छन् । उनीहरुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट डाईजेपाम ५९ एम्पुल, नुर्फिन ४० एम्पुल, फेनारगन ६० एम्पुल र नाईट्राभेट ३ सय १५ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा माझिले बोकेको झोलामा उक्त लागुऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया