अवैध संरचना हटाउन महानगरको टोली पुग्यो न्युरोडको सुरज आर्केडमा

लोकपथ
169
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको टोली न्युरोडस्थित सुरज आर्केडमा बनेको अवैध संरचना हटाउन पुगेको छ । आर्केडले पार्किङका लागि अनुमति लिएर त्यस स्थानमा सामान राखिएको छ ।

ती सामान हटाएर पार्किङका लागि खाली गर्न भन्दै महानगरको टोली पुगेपछि सुरज आर्केडका पसल बन्द गरिएका थिए । तर, व्यवसायीले आफूहरुले सामान निकाल्ने बताएपछि महानगर टोलीले तत्कालै निकाल्न निर्देशन दिएको छ । अन्यथा आफूहरुले नै खाली गर्ने महानगर टोलीको भनाइ छ । एक सातायता महानगरले अवैध संरचना भत्काउन थालेको छ ।

दैनिक रुपमा काठमाडौं महानगरले स्थलगत रुपमा निरीक्षण गर्दै अवैध संरचना हटाउने कार्यलाई निरन्तरता दिँदै आएको छ । महानगरले ३२ वटै वडामा अभियानको रुपमा अवैध रुपमा निर्माण भएका संरचना हटाउने मेयर बालेन्द्र शाहको सचिवालय जनाएको छ ।

यसअघि महानगरले सुन्धरास्थित काठमाडौँ मलको आसपासमा निर्माण भएका अनधिकृत संरचनामा डोजर लगाएर भत्काइएको थियो । त्यस्तै, महानगर प्रमुख शाहको उपस्तिथिमा न्यूरोडस्थित आरबी कम्प्लेक्स, दरबारमार्ग, भोटाहिटी र त्रिपुरेश्वरस्थित राहदानी विभागमा बनाएका अनधिकृत संरचना र सामग्रीहरु हटाइएको थियो ।

यसअघि नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएका स्थानमा राखिएका पसलसमेत हटाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?