विधायन व्यवस्थापन समितिमा नागरिकता विधेयकमाथि छलफल हुने

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकआज बस्दैछ । बैठक मध्यान्ह १२ बजे समितिको बैठक कक्षमा बस्न लागेको हो । बैठकमा ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुनेछ ।

राष्ट्रपति विद्या भण्डारीले संशोधन विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएको सन्देश आइतवार राष्ट्रियसभाको बैठकमा प्रस्तुत गरिएको थियो । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको विधेयक संसदीय समितिमा छलफलका लागि पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको थियो ।

संघीय संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष विधेयक पठाइएकोमा गत साउन २९ गते प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले सो विधेयक फिर्ता पठाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?