पहिरोले पुरिएर रुकुम पश्चिममा दुईजनाको मृत्यु, एक घाइते

लोकपथ
0
Shares

काठमाडौं । रुकुम पश्चिममा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने आमा छोरी रहेको प्रहरीले जनाएको छ । जाजरकोटको भेरी नगरपालिका– १ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया छोरी प्रतीक्षा रानाको पहिरोमा परेर मृत्यु भएको हो ।

यस्तै, सोही पहिरोले पुर्दा बालमतीकी ७ वर्षीया छोरी तिर्सना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए ।

प्रहरी निरीक्षक श्रेष्ठकाअनुसार उनिहरु जाजरकोटको नलगाड नगरपालिका–१ स्थित माइतीबाट रुकुम पश्चिम हुँदै घर फर्किने क्रममा पानी परेपछि  आठबिसकोट नगरपालिका–१४ पिपलचौरस्थित छेपारे सामुदायिक वनको भवनमा बसेका थिए । तर, माथिबाट पहिरो आएर भवन पुरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?