ग्लोबल आइएमई बैंकको ‘तीज क्यासब्याक’ योजना सार्वजनिक

लोकपथ
65
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकहरुलाई लक्षित गर्दै विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । यस क्यासब्याक योजना अन्तर्गत भादौ १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग एपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (५ सय रुपैयाँसम्म) एक पटक क्यासब्याक पाइनेछ ।

ग्लोबल आइएमई बैंकले क्यासब्याक योजनालाई तीज विशेष बनाउन महिलाहरुलाई ग्राह्यता दिने भएको हो । बैंकमा “नारी बचत” तथा “नारी शक्ति बचत” खाता रहेका महिलाहरुले ग्लोबल स्मार्ट प्लस एपको प्रयोग गरी क्यूआरमार्फतको भुक्तानीमा क्यासब्याक पाउनेछन् । मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समय सापेक्षेता अनुसार यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?